Saturday, 20th June, 2026
वि.स.

लागुऔषधसहित पाँच जना पक्राउ

pakrau1-1613817147.jpg

लागुऔषधको कारोबार गर्ने पाँच जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । छुट्टाछुट्टै तीन स्थानबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

लागुऔषध ब्राउन सुगरसहित तुलसीपुर उपमहानगरपालीकाको जसपुरका अर्जुन केसीलाई शान्तिनगरको रगैचाबाट र रोल्पा त्रिवेणी गाउँपालीका–३ घर भइ दाङ तुल्सीपुर उपमहानगरपालीकाको बेलुवा बस्ने झक्कु प्रसाद बस्नेतलाई तुल्सीपुरको दमारगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस्नेतको साथबाट प्रहरीले ३ ग्राम ७९ मिलिग्राम र केसीको साथबाट २३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

यसैगरी लागुऔषधका रुपमा प्रयोग हुने प्रतिबन्धित निट्राजेपाम ट्याब्लेट २० पत्ता, ट्रमाडोल १४८ पत्तासहित बबई गाउँपालिका – ४ हसनापुरका  १७ वर्षीय कमल वली, २० वर्षीय चन्द्र बि।क।र  राजन भुषाललाई  प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भइरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०