Saturday, 20th June, 2026
वि.स.

सुनचाँदीको भाउ बढ्यो

gold1-1614586473.jpg

नेपाली बजारमा केहि दिनदेखि निरन्तर गिरावट आएको सुनको मूल्य आज फेरि बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८८ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा पाँच सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८८ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य तोलामा ८८ हजार २५० सय कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य तोलामा १३२५ मा कारोबार भएकोमा आज बढेर तोलामा १३३० पुगेको महासंघले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०