Wednesday, 17th June, 2026
वि.स.

लकडाउन १ हप्ता थप्न उच्चस्तरीय समितिको सिफारिस

mantriparisad-1586152472.jpg

सरकारले लकडाउनलाई थप एक हप्ता लम्ब्याउने भएको छ । विश्भर महामारीको रुपमा फैलिएको कोराना भाइरसको सक्रमण बढ्दो क्रममा रहेसँगै सरकारले लकडाउन अर्को एक हप्ता थप्ने निश्चित भएको हो । सोही अनुरुप उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम सम्बन्धी उच्चस्तरिय समितिले तत्कालका लागि लकडाउन १ हप्ता थप गर्न सरकार समक्ष सिफारिस गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

‘समितिले तत्कालका लागि लकडाउन १ हप्ता थप गर्न सरकारलाई सिफारिस गरेको छ,’ उक्त स्रोतले भन्यो, ‘उच्चस्तरिय समितिको सिफारिसलाई आज बस्ने मन्त्रिपरिषद् बैंठकले निर्णय गर्ने छ ।’ लकडाउन लम्बब्याउने तथा कोरोना भाइरस रोकथामका लागि नयाँ रणनीति बनाउन आज २ बजे मन्त्रिपरिषद बैंठक बस्दैछ । उक्त बैंठकले पुनः १ साताको लागि लक डाउन थप्ने छ ।

सरकारले यहिँ चैत ११ गतेदेखि १ हप्ताका लागि पहिलो चरणको लकडाउन घोषणा गरेको थियो । त्यसपश्चात चैत १८ गते पुनः १ हप्ता थपेको थियो भने आज तेस्रो चरणका लागि पुनः १ हप्ताको लकडाउन थप्दैछ । यससँगै बैंशाख ३ गतेसम्म लकडाउन हुनेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०