Monday, 15th June, 2026
वि.स.

लकडाउन एक साता थप्न सिफारिस

Thaaaaaa-1585476604.jpg

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्श निकाल्दै सरकारलाई सिफारिस गरेको हो ।


आइतबार नै बस्‍ने मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ । यस्तै बैठकले विपन्‍नहरुलाई निःशुल्क राहत वितरण बारे पनि गर्न सरकारालई सिफारिस गरेको छ । यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । सरकारलेे यो सिफारिस अनुमोदन गरेसँगै चैत २५ गतेसम्मका लागि मुलुक लकडाउन हुनेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०