Tuesday, 1st September, 2026
वि.स.

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, दुई घाइते

tiger-1601455299.jpg

रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । चन्द्रपुर नगरपालिका ६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

मंगलबार घाँस काटन जङ्गल गएका भण्डारी अबेरसम्म नफर्किएपछि खोजी गर्न गएको समुहले उनलाई कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा शव फेला पारेको हो । मंगलबार राति नै खोज्न गएका १४ जनाको युवाहरुको समूहलाई समेत बाघले आक्रमण गरेपछि २ जना घाइते भएका थिए । घाइते हुनेमा सोही टोलका प्रविन श्रेष्ठ र अशोक थापा रहेको प्रहरीले जनाएको छ । उनीहरु चन्द्रपुर अस्पतालमा उपचारपछि घर फर्केका छन ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif