nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा अधिकारी

रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । १५ असारमा हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८/१९ का अध्यक्ष प्रमोद अर्यालले २०१९/२० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् ।

अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । रोट¥याक्ट क्लव अफ मकवानपुरका बर्ष सन् २०१८/१९ का अध्यक्ष प्रमोद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष विजयलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले रोट¥याक्टसंग सहकार्य र सहयोग गर्न रोटरी सदैव तयार रहेको बताए ।

कार्यक्रममा रोट¥याक्टका जोन १३ का जोनल रोट¥याक्ट रिप्रिजेन्टेटिभ अनुराग अधिकारी, रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, रोट¥याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष सरोज देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा सृजना लामिछाने, कोषाध्यक्षमा रञ्जिता बिष्ट तथा निर्देशकमा प्रदीप अधिकारी, टेकनाथ शिवाकोटी, सरिता नेपाल, सुजित पोखरेल र सर्जन एट आम्र्समा अलिसा न्यौपानेलाई चयन गरेका छन् ।

कार्यक्रममा रोट¥याक्ट क्लव अफ मकवानपुरका निवर्तमान अध्यक्ष विजय पौडेललगायतको आतिथ्यता थियो ।