nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रेडियो धादिङको आक्रमणः प्रेस चौतारीको विरोध

Radio-Dhading-1474685805.jpg

प्रेस चौतारी मकवानपुर शखाले धादिङ जिल्लामा संचालित सामुदायिक रेडियो धादिङको भवन वन कार्यालयले जबरजस्ती भत्काएकोमा बिरोध गरेको छ । चौतारीका अध्यक्ष प्रकाश दाहालले ७ असोजमा बिज्ञप्ती जारी गर्दै रेडियोको भवन भत्काउनु वन कार्यालयको गैरजिमेवार भएको बताए । 
धादिङ जिल्लाको सबैभन्दा पहिलो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा ६ असोज मध्य रातमा धादिङ जिल्ला प्रशासन तथा जिल्ला बन कार्यलय को संयुक्त प्रयासमा डोजर लगाएर भवन भत्काउने कार्यको चौतारीले बिरोध गरेको भएको विज्ञप्तीमा उल्लेख गरिएकोृ छ । नागरिकले सूचना पाउने अधिकारबाट वञ्चित गराइनु निन्दनीय कार्यको घोर भत्सर्ना  गर्दै घटनाको यथासीघ्र छानविन गरि दोषी उपर हदैसम्मको कार्वाहिका लागि प्रेस चौतारी मकवानपुरले माग गरेको छ । 

रेडियो पक्षको भवन वन कार्यालयको जग्गामा रहेको हो होईन भन्ने फैसला अदालतले गर्ने भएकोले आतंकित पार्ने गरी मध्यराती डोजर लगाई रेडियोको भौतिक संरचना ध्वस्त पार्नु कानुनी राज्यको उपहास त हो नै, जनताको सूचना पाउने हकलाई समेत बञ्चित पारिएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो कार्यको तत्काल छानविन गरि कानुनी राज्यको प्रत्याभूती दिलाउन र प्रेस स्वतन्त्रतामाथि कुनैपनि प्रकारको बाध्यकारी हस्तक्षेप नगर्न नगराउन सम्वन्धित पक्षसंग प्रेस चौतारी मकवानपुर जोडदार माग गरेको छ ।