Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रुपचन्द्रको जन्मभूमीमा फरक सोचको अगुवाइमा ‘थाहा’ भित्तेलेखन

bhitte-1483769461.JPG

मकवानपुर थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील फरकसोच अभियानको आयोजनामा ‘थाहा’ भित्तेलेखन कार्यक्रम भएको छ । थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले थाहा लेखेर  सुरु गरेका थिए । फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीको संयोजकत्वमा भएको भित्तेलेखन कार्यक्रममा अभियानका सदस्यहरुको सहभागिता रहेको थियो ।

थाहा आन्दोलनका प्रणेता विंगत रुपचन्द्र विष्टको ८४ औं जन्मजयन्ती तथा दोस्रो थाहा दिवसको अवसरमा भित्तेलेखन कार्यक्रमको आयोजना गरिएको अभियानका रामकुमार कार्कीले जानकारी दिए । फरक सोच अभियानले गत वर्षदेखि रुपचन्द्र विष्टको जन्म दिनलाई थाहा दिवसको रुपमा सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । रुपचन्द्र विष्ट वि.सं. १९९० सालामा साविक मकवानपुरको दामन गाविस वडा नंम्बर १ मा जन्मेका थिए । अभियानले सोही थाहा दिवसलाई निरन्तरता दिदै कार्यक्रम आयोजना गरेका जनाइएको छ । 


फरकसोचको आयोजनामा मकवानपुर उत्तरी क्षेत्रस्तरीय भलिबल प्रतियोगिता संचालन भइरहेको छ भने २५ पौषमा खुल्ला महिला पुरुष दौड प्रतियोगिता र २६ गते थाहा दिवस विशेष समारोह तथा विभिन्न विधामा सम्मान कार्यक्रम समेत आयोजना गरेको छ । 

फरक साेचकाे अायाेजनामै गरिएकाे भलिबल प्रतियोगीताकाे छनाैट चरणकाे अन्तिम खेल पनि शनिबारनै सेतिगणेश निमावि शिखरकाेटमा हुदैछ ।