Wednesday, 17th June, 2026
वि.स.

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना गरे थाहानगर र इन्द्रसरोवर भ्रमण

Visit-1600710259.jpg

राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमिल्सिनाले मकवानपुर थाहा नगरपालिका र इन्द्रसरोवर क्षेत्रका पर्यटकीय गन्तव्यहरुको अवलोकन भ्रमण गरेका छन् । ३ असोज दिउँसो थाहानगर आएका तिमिल्सिना ४ असोजमा मात्र काठमाण्डौं फर्केका थिए । 
 
थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट तथा इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जमान सिं वाइवासंग समेत भेटवार्ता गरेका राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रमणीय दामन घुमफिर गरी इन्द्रसरोवर तालमा बोटिङका साथै भ्रमणका क्रममा मोहिनी झरनामा समेत पुगेका थिए ।  

फोटोः जमानसिं वाइवाको फेसबुकबाट

अध्यक्ष तिमिल्सिनाले थाहा नगरपालिकाको दामन स्थित विभिन्न पर्यटकीय क्षेत्र र इन्द्रसरोवर क्षेत्रको अवलोकन भ्रमण गरेका हुन् । कुनै सार्वजनिक कार्यक्रम विनै थाहानगर आएका तिमिल्सिनाले काठमाण्डौंबाट नजिकका पर्यटकीय गन्तव्यहरुलाई प्रवद्र्धन गर्न स्थानीयहरुले देखाएको चासोको प्रशंसा गरे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०