Saturday, 20th June, 2026
वि.स.

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै १५ लाख ठगी

pakrau1-1611223167.jpg

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष भन्दै सर्वसाधारणबाट रकम असुली गरेको आरोपमा प्रहरीले संखुवासभाका ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेको छ ।

संखुवासभा पाँचखपन–५ खमारे घर भई चाबहिल बस्दै आएका थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

थापाले आफू मानवअधिकार आयोगको अध्यक्ष भएको र अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाइदिने प्रलोभन देखाएर एक युवाबाट १५ लाख रुपैयाँ असुलेका थिए ।

भिसा नलागेपछि ती युवाले महाशाखामा थापाविरुद्ध उजुरी दिएका थिए । थापालाई ठगीको कसुरमा कारबाही गर्न महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ ।

महाशाखाका एक अधिकारीका अनुसार थापाले आफूलाई यसअघि पनि मानवअधिकार अभियन्ता, उपभोक्ता अधिकारवादीलगायत परिचय देखाएर दलाली र बिचौलियाको काम गर्ने गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०