Monday, 15th June, 2026
वि.स.

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा खड्का

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन् । 

हेटौँडामा ९ भाद्रमा भएको फोटो पत्रकारहरुको भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो । समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, सचिवमा विजय पौडेल, सहसचिवमा उज्वल अधिकारी तथा कोषाध्यक्षमा बलराम पुडासैनी लाई चयन गरेको छ ।

समुहको सदस्यहरुमा सरला अधिकारी, सहनशिला ढकाल, मिना श्रेष्ठ, दिल बहादुर लामा, धिरज ढकाल, विक्रम बानियाँ चयन भएका छन्,। त्यस्तै समुहको सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारीलाइ चयन गरेको छ।

प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप विष्ट, मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३का अध्यक्ष नारायण सिलवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, चलचित्र बिकास बोर्ड सदस्य नरेन्द्र महर्जन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, लगाएतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०