Friday, 19th June, 2026
वि.स.

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थपियो

Rastriya-puna-nirman-prad-1607265827.jpg

 सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ ।

मन्त्रिपरिषद्को मङ्सिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो ।

भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा(३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालू आर्थिक वर्ष २०७७-०७८ मा विनियोजित बजेट अन्तर्गतका कार्यहरू कार्यान्वयन गर्नेछ । आगामी आर्थिक वर्षको बाँकी अवधि(२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते) मा भने प्राधिकरणले निजी आवास, सिंहदरवार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फर्स्यौट गर्नुपर्ने कार्य गर्नेछ ।

पछिल्लो समय पुनर्निर्माण प्राधिकरण नेतृत्व घोषित उद्येश्य पुरा गर्न असक्षम रहेको देखिन्छ 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०