nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय दलित पत्रकार संघ मकवानपुर शाखाको अध्यक्षमा शुभलक्ष्मी

received-1614693739.png

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल मकवानपुर शाखाको प्रथम जिल्ला भेलाबाट अन्नपूर्ण पोष्टकर्मी शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा आयोजना भएको भेलाबाट विश्वकर्माको अध्यक्षतामा उक्त कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

जसको उपाध्यक्षमा रूपक कलिराज (हजुरको खबर डटकम), सचिवमा शान्ति सुनार (रेडियो मकवानपुर), सहसचिव युवराज विश्वकर्मा (रेडियो मकवानपुर), कोषाध्यक्षमा पारू परियार (रेडियो अनमोल), सदस्यहरूमा प्रज्वनी सुनार(रेडियो अनमोल), सिमा सुनार(हजुरको खबर डटकम), विश्व सुनार, प्रशंसा सुनार सर्वसम्मत रूपमा चयन भएका छन्।

नेपाल पत्रकार महासंघ मकवानपुरकी सहसचिव समेत रहनुभएका शुभलक्ष्मी विश्वकर्माको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो । संघका बागमती प्रदेश उपाध्यक्ष कमल कुमार विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो ।

प्रमुख अतिथि विश्वकर्माले दलित समुदायका पत्रकारहरूको हकहितका लागि सदैव यस संघ अग्रसर रहनेमा विश्वस्त रहेको बताएका छन् । विश्वकर्माले मिडियामा समावेशीकरण हुनुपर्ने साथै मिडियामा दलित समुदायका पत्रकारहरूको भौतिक उपस्थितिको सवालमा यस संघले पहलकदमी गर्नेमा आफू ढुक्क रहेको बताएका छन्। यस संघले दलित समुदायका पत्रकारहरूलाई सिकाउने, बिकाउने र टिकाउने सवालमा काम गर्न विश्वकर्माले जोड दिएका छन्।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईंले संघले आम श्रमजीवि पत्रकारहरूका लागी महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको। अध्यक्ष हुमागाईंले पत्रकार महासंघले दलित पत्रकार संघलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पत्रकार महासंघको आसन्न निर्वाचनमा समेत दलित समुदायबाट नेतृत्वदायी भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा अग्रज पत्रकार कृष्णराम परियारले निष्पक्ष पत्रकारिता गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले कुनैपनि विषयको समाचार हतारमा प्रकाशन र प्रसारण नगर्न समेत आग्रह गर्नुभयो।

संघका चितवन जिल्ला अध्यक्ष अमिर रामदामले समावेशीकरण, सामाजिक न्याय, मानवअधिकारको मुद्दाका साथै मकवानपुरको आमउत्पीडित वर्गसमुदायको आवाजलाई शसक्तरुपमा मिडियामा ल्याउन यस मकवानपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा चितवन जिल्ला सचिव श्याम विश्वकर्माको उपस्थिति रहेको थियो। दुई वर्षे कार्यकालका लागि उक्त समिति चयन भएको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)