Tuesday, 16th June, 2026
वि.स.

राष्ट्रिय झण्डा जलाउने समूहका चारजना पक्राउ

national-1597806544.gif

राष्ट्रिय झण्डा जलाउने समूहका चारजना पक्राउ परेका छन् । एकजनालाई हिजो नै पक्राउ गरेको थियो । थप तीनजनालाई गएराति पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अहिलेसम्म सो समूहका चारजना पक्राउ गरिएको बताए । एउटा म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य युटुबमार्फत सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । प्रहरीले हिजोदेखि अनुसन्धान थालेको थियो । हिजो नै सो भिडियो खिच्ने क्यामेरापर्सन पक्राउ परेका थिए ।

एसएसपी थापाका अनुसार अब ६–७ जना पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ । पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा मिनभवनमा राखेर अनुसन्धान भइरहेको थापाले बताए । भिडिओका गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी पनि गरेको थापाले बताए ।

भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ । भिडिओ मकवानपुरको बागमती गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन् ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०