Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रामकुमारी –“गीत गाउँदै, समाज जगाउँदै”

28381888_2017807655106397-1519640268.jpg

‘‘दामन भन्दा अलितल शिखरकोट गाउ, त्यही गाउमा मेरो घर रामकुमारी नाउ ।”
साच्चै नै ६४ बसन्त पार गरिसकेकी राम कुमारी कोइराला (बि.क.) को त्यति ठुलो महत्वकांंक्षा भने छैन । इन्द्रसरोवर गाउपालिका वडा नम्बर ५ साबिक फाखेल गा.बि.स. चखेलको महादेब स्थान, पौवामा बि.स. २०११ साल पौष १८ गते जन्मिएकी उनी १० बर्षको उमेरमै घरपरिवारले बिवाह गरिदिए पछि केही शिक्षा पनि हासिल गर्न नपाएको बताउछिन । २०२० सालमा बिवाह गरि थाहा नगरपालिका वडा नं ४ शिखरकोट धारापानी आउनु भएकी उनी सानैमा बिवाह गरिदिएकोमा बुबाआमालाइ कराउने गरेको बताउछिन । सानैमा बिवाह भयो, न पढ्न पाइयो न गुन्न, घर ब्यवहार कसरी चलाउने भन्ने पनि ज्ञान थिएन, उनी भन्छिन । २ छोरा २ बुहारी नातानाति र आफु सहित ११ जनाको परिवारमा रहेकी उनी आफुलाइ निक्कै नै गित गाउन रहर रहेको बताउछिन । आफ्नो नाम र ठेगानालाइ मात्र नभइ उमेरलाइ समेत गितमा गाउदै भन्छिन, ‘‘यो तमाखु हुक्काको सुमेर, बर्ष मेरो ६४ उमेर ।”

सानै उमेर अर्थात २०÷२१ साल देखि नै रत्यौली तथा अन्य कार्यक्रमहरुमा झ्याउरे गित र लोक दोहोरी गुनगुनाउने गरेको भए पनि उनले सबै आफैले रचेर समाजका बास्तबिकता र कुरीतिहरुलाइ गित मार्फत ढाल्ने गरेको उनले बताइन । गित गाउन निक्कै रहर लाग्छ, आफैले रचेको पनि छु तर के गर्नु गित गाएर कमाइ हुन्न नत्र त म अझै राम्रो लोकदोहोरी गित गाउथ्ये । सुरिलो स्वरमा गित गाउन सक्ने कला र खुबी भएकी उनमा यो उमेरमा पनि गित गाउने रहर मरेको भने छैन । २०५० सालमा आफ्नो गाउमा रहेको जुवातास, जाँड रक्सी लगायतका कुलतको निर्मुल पार्नका निमित्त सक्रिय भएर लागेकी उनी कुलतमा लागेकाहरुलाइ आफैले रचेको गित मार्फत नै भन्छिन, ‘‘जाड रक्सीले गर्या छ हानी, अब गरौँ कहिल्यै नखानी ।” समाजमा परिवर्तन ल्याउन निक्कै नै गाह्रो रहेको अनुभब सुनाउदै उनी भन्छिन जनचेतनाका कार्यक्रममा हिड्दा धेरैजनाको गाली खाए । सानो छदाँ नै जिल्लाको आयोजनामा भएको सडक नाटकमा सहभागी भै नाटक गर्नुका साथै नाटकको ३ दिने तालिम समेत लिएको कारण समाजमा भएका कुरीतिलाइ रचना अर्थात गितमा ढाल्न सक्ने क्षमताको बिकास भएको उनको बुझाइ रहेको छ ।

पढाइको कुरा गर्दा प्रौढ कक्षा पनि पढ्न नपाएकी उनी आफ्ना बास्तबिकतालाइ गित मार्फत नै ब्यक्त गदै भन्छिन, ‘‘पढ्न गुन्न पाइन मैले सानो किसान गर्छु, सानोसानो बैठक आए यसमै अघि सर्छु ।” उनको गितले भने झै पढ्ने मानिस भन्दा कम सक्रियता भने उनमा देखिदैन । बिना भत्ता, बिना स्वयमसेवक पहिरण करिब ८÷९ बर्ष पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वयमसेबिकाको रुपमा काम गरेकी उनी महिला बिकास समुह, कृषि बिकास समुहमा समेत आवद्ध रहेर काम गरिसकेको बताउछिन । पढाइ नभए पनि ३० वर्षदेखि पशुसेवा केन्द्रमा सचिबको रुपमा रहेर हाल सम्म पनि कार्यरत रहेको सुनाउछिन । महिला बिकास समुह, कुलेखानी जलाधार तथा भुसंरक्षण समिति हुदै हाल ऋषेश्वर खानेपानी उपभोक्ता समितिमा पनि सदस्यको रुपमा क्रियासिल रहेको बताउछिन । आफु बिवाह भएर आएदेखि नै घरमा भैसी पाल्ने गरेको र हाल सम्म पनि पाडी भैसी पालेको सुनाउदै उनी भन्छिन, ५ रुपैया माना देखि दुध बेचिया,े अहिले ५०÷६० रुपैया माना पुगेको छ । घरमा सबैकामहरु सकाउदै सामाजिक काममा निस्कन्छु तर आज सम्म पनि सामाजिक कार्यबाट आम्दानी भने भएको नै छैन । १५ बर्ष अघि घरमा आगोलागि भै घर पुरै नष्ट भएको थियो नया घर बनाए तर २०७२ सालको भुकम्पले पुर्ण क्षति बनाइदियो, अहिले भुकम्पबाट लाभग्राही सुचिमा नाम परेकोले पहिलो किस्ताको रकमले डि.पि.सि. गरी सकियो, उनी भन्छिन, अब दोस्रो किस्ताको काम बाकीँ रहेको छ ।

स्वास्थ्य समस्याको कारण १० बर्ष पहिले आफ्नो श्रीमाणको ५९ बर्षको उमेरमा मृत्यु भएपछि एकल महिला भत्ता नलिइ एकै चोटी बृद्ध भत्ता लिएकी उनी भत्ता भन्दा बाहेक आम्दानीको स्रोत नभएको सुनाउछिन । कहिलेकाही ज्यालामा जाँदा केही कमाइ हुन्छ तर सामाजको बिभिन्न पदमा, बिभिन्न समुहमा बसेर कमाइ नभएको उनको अनुभव रहेको छ । लोकभाका मै उनी भन्छिन, ‘‘ज्याला गर्न जाँदा ४ सय दिन्छन, चामल किन्न जादा १६ सय लिन्छन ।” आफ्नो लोकभाका मार्फत केही कमाउने इच्छा छ तर अहिले सम्म केही हुन सकेको छैन । थोरै भए पनि आम्दानी हुने भए आफ्नो समाजको बिद्यमान समस्यालाइ लोकभाका मै अवाज उठाउने धोको रहेको सुनाउछिन । रामकुमारीको जिवनको पन्नाहरु केलाउदा पढाइबिना केही गर्न ससिदैन भन्ने मानसिकता भएका ब्यक्ति तथा पढेर पनि केही गर्न सकिएन भन्ने ब्यक्तिहरुलाइ केही शिक्षा भने पक्कै मिल्छ । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।