Wednesday, 17th June, 2026
वि.स.

राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने

hospital-1601465024.jpg

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ ।

शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गरेर १५ शैयाको अस्पताल बनाउने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।

स्थानीय हरी प्रजाले १३ कठ्ठा निःशुल्क जमिन उपलब्ध गराई राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ हेटौंडा कार्यालयले १ करोड ५० लाख लगानीमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।

गाउँपालिकाको वडा नं. ५ चैनपुरमा मंगलबार चौकीको जगको पूजा गरी निर्माण कार्य सुरु गरिएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०