nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

राक्सिराङमा क्रिसमसको सार्वजनिक विदा

bida-1577243850.jpg

पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस पर्वमा सार्वजनिक विदा दिएको छ । तामाङ्ग र चेपाङ्ग बाहुल्य राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस डेका दिन बुधबार सार्वजनिक विदा दिएको हो ।

गाउँकार्यपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बसेको बैठकले सबै सरकारी कार्यालय एवं शिक्षण संस्थाहरुमा विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाले गतबर्षदेखी क्रिसमस पर्वको सार्वजनिक विदा दिन थालेको थियो । करिब ३१ हजार जनसंख्यामध्ये राक्सिराङ्ग गाउँपालिकाको झण्डै १८ प्रतिशत इसाई धर्मालम्बी रहेको अनुमान छ । नौ वडा रहेको गाउँपालिकाको उपाध्यक्ष र पाँच वडा अध्यक्षलगायत क्रिष्चियन रहेका छन् ।

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाइने पर्व हो । क्रिसमस अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखमा पर्छ र १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)