Saturday, 20th June, 2026
वि.स.

युवकको हत्या अभियोगमा तीनजना पक्राउ

pakrau2-1615972221.jpg

काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहटका मोहम्मद कासिम र अर्का एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत फागुन २९ गते टोखा नगरपालिका–१ मा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । आशिष लागूऔषध दुर्व्यसनीसमेत रहेको बताइएको छ । लागूऔषध सेवन गरी भएको झगडामा कुटपिटपछि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०