Friday, 19th June, 2026
वि.स.

युरीया मल ल्याउन बंगलादेशसँग सम्झौता, तीन महिना भित्र ल्याइने

mou-1608210651.jpg

सरकारले युरीया मल आयात गर्नको लागि बंगलादेश सरकारसँग सम्झौता गरेको छ । २ पुसमा कृषि सामाग्री कम्पनी र बंगलादेशको बंगलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेशनबीच दाना युरीया मल ल्याउन सम्झौता भएको हो ।

नेपालको तर्फबाट कृषि सामाग्री कम्पनीका प्रबन्ध संचालक नेत्र बहादुर भण्डारी र बंगलादेशको तर्फबाट बंगलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेशनका अध्यक्ष मोहमद अमिउल अहसनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा सम्झौता भएको तीन महिना भित्र नेपालमा मल निर्यात गर्ने उल्लेख छ ।

सम्झौतामा कृषि सामाग्री कम्पनी लिमिटेडले ५० हजार मेट्रिकटन दाना युरीया बल्क र कार्गाे गरी दुई तरिकाले चार लटमा आयात गर्ने सम्झौतामा उल्लेख छ । यो मलको आयातसंगै नेपालमा रसायनिक मलको अभावको समस्या समाधान हुनेछ ।

यो सिजनमा खेति गरिने बालीलाई आवश्यक पर्ने युरीया, डिएपी र पोटास मल प्रशस्त मात्रामा रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रणनीतिहरु समेत तयार भइरहेको जारी विज्ञप्तिमा उल्लेख ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०