Tuesday, 16th June, 2026
वि.स.

युएईबाट आएका थाहा नगरपालिकाको २ जनाको पिसिआर रिर्पोट आयो

corona-test-1591608691.jpg

लकडाउनको कारण विदेशमा समस्यामा परि युएईबाट फर्किएका ६ जना मकवानपुरेको पिसिआर रिर्पोट आएको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ कि एक महिला बाहेक अन्य सबै ६ जना रिर्पोट नेगेटिभ आएको हो । 

उनीहरु मध्ये भीमफेदीको एकजनालाई त्यहा रहेको क्वारेन्टाईनमा पठाईएको छ भने थाहा नगरपालिकाको २ तथा मकवानपुरगढीका एकजनालाई होम क्वारेन्टाईन पठाईएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।

गत जेठ २४ गते हेटौँडा आएका उनीहरुलाई सोहि दिननै कर्रामा रहेको आइसोलेसन वार्ड पठाईएको थियो । ६ जनाको एउटा समुह तथा दिल्ली हुँदै युएईबाट हेटौँडा आएकी थाहा नगरकी एक महिला सहित सातजना हेटौँडा आएका थियो ।

गत जेठ २४ गते हेटौँडा आएका उनीहरुको सोहि दिन स्वाव संकलन गरि प्रयोगशाला पठाईएको थियो । हेटौँडा १३ की महिलाको भने भोली स्वाब संकलन हुने जनाईएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०