nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यि हुन् पत्रकार महासंघ बागमती प्रदेशका उम्मेदवार (सबै नामावलीसहित)

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको निर्वाचन कार्यक्रमअन्तर्गत १९ चैतमा उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भएको छ । पदाधिकारीसहित २१ सदस्यीय प्रदेश समिति चयनका लागि हुँदै गरेको निर्वाचनमा ४२ जनाको उम्मेदवारी परेको छ । 

अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश अध्यक्षका लागि मकवानपुरका गिरिजा अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलको उम्मेदवारी परेको छ । यस्तै खुला उपाध्यक्षमा धादिङका नवराज छत्कुली, मकवानपुरका रुपेश दुलाल र मकवानपुरकै हरिप्रसाद हुमागाईको उम्मेदवारी परेको छ । अल्पसंख्यक सदस्य पदमा भने दोलखाकी निराशी थामीको मात्रै उम्मेदवारी परेको छ ।

महिला उपाध्यक्षमा मकवानपुरकी नानीमैया कार्की (सम्झना) र चितवनकी संगीता आचार्यको उम्मेदवारी परेको छ । महासचिवमा धादिङका केशव अधिकारी र मकवानपुरका कृष्ण सारु मगरको उम्मेदवारी परेको छ । खुला सचिवमा काभ्रेका दयाराम महत र सिन्धुपाल्चोकका युवराज पुरीको उम्मेदवारी परेको छ । समावेशी सचिवमा जीवन लामा र राजन बिकको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रमेश ढुंगेल र रामचन्द्र नेपालको उम्मेदवारी परेको छ ।

खुला सदस्य ५ जनाका लागि ११ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यतर्फ नुवाकोटका कृष्णप्रसाद ढुंगाना र रामहरि गजुरेल, मकवानपुरका गोपी न्यौपाने, सुजन विडारी र सुदीप सिवाकोटी, सिन्धुपाल्चोकका जीवन कुँवर, चितवनका प्रकाश सिग्देल, रसुवाका प्रेमप्रसाद पौडेल, सिन्धुलीका लक्ष्मण घिमिरे, दोलखाका श्यामप्रसाद खतिवडा र सन्तोष भुजेलको उम्मेदवारी परेको छ । ३ जना महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा सिन्धुलीकी अञ्जु तामाङ, चितवनकी सविता श्रेष्ठ, रामेछापकी ज्ञानु श्रेष्ठ, काभ्रेकी सविता न्यौपाने र सम्झना हुमागाईको उम्मेदवारी परेको छ ।

एकजना दलित सदस्यमा धादिङका केशव नेपाली र सिन्धुपाल्चोकका प्रकाश सुन्दासको उम्मेदवारी परेको छ । दुई जना आदिवासी जनजाति सदस्यमा रामेछापका अमृत बहादुर सुनार, धादिङका काजी श्रेष्ठ, चितवनका गीता गुरुङ र काभ्रेका पेमा लामाको उम्मेदवारी परेको छ । दुई जना मधेशी सदस्यका लागि चितवनकी पवित्रा ढकाल (भगत), प्रविणकुमार दत्त र सरिता महतोको उम्मेदवारी परेको छ ।

उम्मेदवारीमाथि दावी विरोध र अन्तिम नामावली २० चैतमा प्रकाशित हुनेछ भने निर्वाचन कार्यक्रम चैत २५ गतेका लागि तय गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)