Tuesday, 16th June, 2026
वि.स.

यि हुन् थाहानगरका उत्कृष्ट दुध उत्पादक कृषक, जस्ले पुरस्कार पाए 

012-1594694041.jpg

थाहा नगरपालिकाले सबैभन्दा बढि दुध उत्पादक किसानलाई सम्मान गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा बज्रवाराहीमा २९ असारमा आयोजित कार्यक्रममा सबैभन्दा बढि दुध विक्रि गर्ने थाहा–३ का युवराज बर्तौलालाई सम्मान गरिएको हो । उनलाई थाहानगरकै उत्कृष्ट दुध उत्पादक कृषक घोषणा गर्दै पुरस्कार वितरण गरिएको हो ।

कृषक वर्तौलाले सम्मानपत्र सहित नगद ५ हजार रुपियाँ नगद पुरस्कार पाएका छन् । २०७६ साउनदेखि २०७७ वैशाख मसान्तसम्म दुध संकलन केन्द्रमा सबैभन्दा बढि दुध विक्रि गर्ने किसानहरुलाई नगरपालिकाले पुरस्कृत गरेको हो । उनलाई थाहा नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी खड्ग गोपालीले पुरस्कार दिए । 

त्यसैगरी थाहा–६ का यशोधा अधिकारी द्वितीय र थााह–६ कै ओमकुमार सुवेदी तृतीय भएका छन् । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपियाँ नगद सहित सम्मान पत्र पाएका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०