nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

r-1620292223.jpg

 आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ ।

विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने देखिन्छ ।
यस्तै, प्रदेश १ का मध्य तथा हिमाली भागमा पनि सरदरभन्दा बढी ९३५–६५ प्रतिशत० वर्षा हुने आकलन गरिएको छ ।

लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा भने सरदर ९३५–४५ प्रतिशत० र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा कम ९३५–४५ प्रतिशत० वर्षा हुनेछ ।

गत वर्ष विभागले नेपालभर सरदर वर्षा हुने आकलन गरे पनि असमान वर्षा भएको थियो । केही भागमा सरदर, केही भागमा सरदरभन्दा बढी र केही भागमा कम वर्षा भएको थियो । यद्यपि त्यसले पहिरोजन्य क्षति भने अत्यधिक निम्त्याएको थियो ।

विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूप आकलन, मनसुनी वर्षा आकलन गर्ने प्रारूप र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनका आधारमा मनसुन प्रक्षेपण गरेको हो ।

वैशाख १५ मा भर्चुअल माध्यमबाट भएको दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ९सास्कोफ० को १९औं सत्रले दक्षिण एसियाका धेरै भूभागमा आगामी मनसुन अवधिमा साधारणतया सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

उक्त मञ्चमा नेपाल, भारत, म्यानमारलगायत दक्षिण एसियाली ९ वटा मुलुकका मौसमविद् र विश्व मौसम संगठन ९डब्लूएमओ०, डब्लूएमओको क्षेत्रीय जलवायु केन्द्र, पुने भारत, युके मेट अफिस, राइम्स, थाइल्यान्ड, अमेरिका, जापानलगायत देशका प्रतिनिधि हुन्छन् ।

विशेषज्ञहरूले दक्षिण एसियाका उत्तर पश्चिमी, हिमालयका काख र उत्तरपूर्वी भेगमा केही भूभाग र मध्य भागका धेरै भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेका छन् ।

सुदूरउत्तरपश्चिमी र उत्तरपूर्वी भागका धेरै भूभागमा सरदरभन्दा कम वर्षा हुने विशेषज्ञहरूको विश्लेषण छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)