Sunday, 14th June, 2026
वि.स.

यस्तो भो सहमति : नाम राईको, दाम सपुतको

aaaaaaaasss-1561548056.jpg

गायक प्रकाश सपुतले ‘गलबन्दी’ बोलको गीत सार्वजनिक गरेपछि अर्का गायक शम्भु राईले उक्त गीतको भाका आफूले पहिल्यै गाएको गीतसँग मिलेको भन्दै असन्तुष्टि जनाए ।

गायक राईले असन्तुष्टि मात्रै जनाएनन्, सपुतविरुद्ध कानुनी बाटो पनि अंगाले । यी दुई गायकबीचको विवादले समाज नै विभाजित भयो । त्यस्तै संसदमा पनि यो विषयले प्रवेश पायो । सांसदहरुले संघीय संसदमा यो विषयलाई प्रवेश गराए ।

तर, अहिले आएर यी दुई गायकबीच सहमति भएको छ । दुई गायकबीच बुधबार सहमति भएको हो । त्यसका लागि सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाले समन्वय गरेका थिए ।

सहमतिपश्चात गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राईको हुने भएको छ । त्यस्तै गरी पुनः संगीत सिर्जना भने प्रकाश सपुतको हुने गरी सहमति भएको छ । अर्थात् उत्त गीतमा अब राई र सपुत दुवैको नाम समावेश हुनेछ ।

तर, उक्त गीतले प्राप्त गर्ने आर्थिक लाभ भने राईले नपाउने भएका छन् । सहमतिपछि शम्भु राईले विभिन्न निकायमा दिएका उजुरी फिर्ता लिने भनिएको छ ।