nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ, मकवानपुर प्रहरीको होली विशेष योजना

आउँदो फागुन १७ गते पर्ने फागु पूर्णिमा (होली) पर्वको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकासराज खनालले खबरब्रेकलाई प्रतिक्रिया दिँदै होलीलाई अपराधमा परिणत गर्ने खालको प्रयत्न भए पक्राउ गरि कानुन वमोजिम कारबाही गर्ने बताए ।
यस्तो छ जिल्ला प्रहरी कार्यालयको फागू पुर्णिमाको सुरक्षा योजना
१. ईच्छा बिपरित जवरजस्ती अबिर रङ दल्ने, फोहोर पानी छ्याप्ने, लोला हान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने ।
२. लोकमार्ग तथा भित्री सहायक मार्गमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने ।
३= लागू औषध गाँजा, भाँङ जस्ता पदार्थको सेवन तथा बिक्रि वितरणमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने ।
४ मापसेगरी सवारी साधन चलाउने, बिना हेलमेट मोटरसाईकल चलाउने, बिना लाईसेन्स सवारी साधन चलाउने, मोटरसाईकलमा २ जना भन्दा बढी व्यक्ति चढाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने ।
५ गुन्डा गर्दी गर्ने तथा सार्वजनिक स्थलमा बसी अमर्यादित किसिमबाट हो(हल्ला गर्ने, झै(झगडा गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने । लगायत अन्य कानून बिपरितका काम क्रियाकलापलाई पुर्णतया नियन्त्रण गर्ने र भए गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने ।
 उल्लेखित सुरक्षा योजना बमोजिम ३२३ जना प्रहरी कर्मचारी परिचालन हुने ।
 ११ ठाउँमा ट्राफिक सहितको चेकिङ ।
 मोबाईल गस्ती ८ वटा ।
 पैदल गस्ती समेतको व्यवस्था गर्ने ।
 सादा पोशाकमा समेत प्रहरी परिचालन हुने ।
 टोलीले व्यवस्था ।
पुनश्चस् मिति २०७४।११।१५ गते देखि आमनागरिकलाई सभ्य, शिष्ट र मर्यादित वातावरणमा होली पर्व मनाउन अनुरोध भनि माईकिङ समेत गरिएको ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)