nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यसरी पारित भयो, थाहाको दोश्रो नगर सभाबाट संशोधित बजेट सहित दुई वटा ऐन

मकवानपुरको थाहा नगरपालिकाको दोस्रो नगरसभाले संशोधन सहित ४८ करोड ५३ लाख ८७ हजारको रुपियाँको योजना तथा कार्यक्रम पास गरेको छ । २३ चैत्रमा सम्पन्न नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको सभाले सांशेधित बजेट पास गरेको हो ।

चालु आर्थिक वर्षको लागि थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले पेश गरेको कुल बजेट ४८ करोड ५३ लाख ८७ हजारको संशोधित अनुमान सभाबाट पास भएको छ । पारित बजेटमा विषयगत कार्यालयको १४ करोड ५९ लाख ७७ हजार, चालु खर्च तर्फ ५ करोड ५ लाख ६४ हजार, पुँजीगततर्फ २३ करोड, २५ हजार र सामाजिक सुरक्षा तर्फ ५ करोड ८८ लाख २१ हजार रहेको छ ।

यसअघि ३० असारमा सम्पन्न प्रथम नगरसभाले आर्थिक वर्ष २०७४/०७५ को लागि कुल बजेट ३७ करोड ४७ लाख ९६  हजार विनियोजन गरेको थियो । जस अन्तर्गत विषयगत कार्यालयतर्फ प्राप्त ११ करोड ९ लाख ७७ हजार शसर्त अनुदान समेत समावेश गरी कुल चालुतर्फ १७ करोड, ७९ लाख ७७ हजार, पुँजीगततर्फ १८ करोड २१ लाख ७६ हजार विनियोजन गरिएको थियो । 

पहिलो नगरसभाबाट पारित बजेटमा अहिले संसोधनपछिको बजेट ११ करोडले बढेको छ । हाल थाहा नगररपालिकामा १२ वटा वडाहरु रहेका छन् । नगरसभामा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य चित्रबहादुर बलामी, एमाले जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद ढकाल, नेपाली काँग्रेस थाहानगर कमिटि सभापति योगेन्द्रमान श्रेष्ठ, नेकपा माओवादी केन्द्र थाहानगर इन्चार्ज विष्णु विष्टलगायतले शुभकामना दिएका दिए । 

यसैबीच, थाहा नगर सभाबाट २ वटा ऐन पारित भएको छ । थाहानगर कार्यपालिकाबाट पारित भई नगरसभामा पेश भएको थाहानगर शिक्षा ऐन र सहकारी ऐन पारित भएको हो । ऐन सभाले सर्वसम्मत रुपमा पास गरेको हो । 

सभाले हालसम्म कार्यपालिका तथा विभिन्न विषयगत समितिले गरेको निर्णयलाई अनुमोदन सहित विभिन्न निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।


 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।