Saturday, 20th June, 2026
वि.स.

मौसममा बदलाब, वर्षा र हिमपातको सम्भावना

himpat-1612508018.jpg

शुक्रबार बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात बिहीबार रातिदेखि नै हिमपात भएको छ । पानी पर्नुका साथै हिमपात भए पनि तापक्रममा भने अत्यधिक गिरावट आउनेछन ।

शुक्रबार दिउँसो र रातिसम्म सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ । हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बदली भई पानी पर्ने र हिमपात हुने क्रम शनिबार सम्म जारी रहनेछ । आइतबारदेखि भने मौसम खुल्ने महाशाखाको पूर्वानुमान छ । बिस्तारै तापक्रम पनि बढ्नेछ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०