Tuesday, 16th June, 2026
वि.स.

मौद्रिक नीति आज सार्वजनिक हुदै

nrb-1594976495.jpg

 मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदैछ ।शुक्रबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ ।

दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ ।

बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । कोभिड १९ का कारण अर्थतन्त्रमा निकै असर परेका बेला आउन लागेको मौद्रिक नीतिलाई महत्वका साथ हेरिएको छ ।

केन्द्रीय बैंक अर्थात राष्ट्र बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि मौद्रिक नीति हो । बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०