Tuesday, 16th June, 2026
वि.स.

मोटरसाइकल दुर्घटनामा परि २ जनाको ज्यान गयो

123-1597571459.jpg

मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जनाको ज्यान  गएको छ ।गढवा गाउँपालिका – ७ का २६ वर्षीय सुरजनारायण चौधरी र  २७ वर्षीय मनोज चौधरीको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

दुवैजना लु ५७११०० नम्बरको एउटै मोटरसाइकलमा सवार थिए । गए राति एघार बजे लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदीको पुलमा उनीहरु सवार मोटरसाइकलले ठक्कर दिदा दुवै जना नदीमा खसेको प्रहरीले जनाएको छ ।शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०