Tuesday, 16th June, 2026
वि.स.

मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु

accident-1593067157.jpg

 पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका९५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।दुर्घटनामा आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०