Tuesday, 16th June, 2026
वि.स.

'मेरो कोरोना रिपोर्ट पोजेटिभ छ, मेरो सम्पर्कमा रहनुभएकाहरु सुरक्षित हुनुहोला'–शाखा प्रमुख

COROO-1597587201.jpg

ग्लोबल आएमई बैंक हेटौंडा शाखा प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि थाहानगरमा उनको कन्ट्र्याक टे«सिङ थालिएको छ । उनी थाहानगरमा आएर थुप्रै व्यक्तिहरुलाई भेटघाट गरेको र ट्राभरहिस्ट्री भएकोले नगरपालिका क्षेत्रमा त्रास फैलिएको छ ।

शाखा प्रमुख २३ साउनमा थाहानगर आएका थिए । हेटौंडाबाट आएका उनी हेटौँडा फर्किएपछि गरिएको पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पुष्टी भएको थियो । २४ साउनमा हेटौंडा घर पुगेपछि ज्वरो आएपछि उनले कोभिड–१९ परीक्षण गराएका थिए ।

उनी सहितको टोलीले थाना बजारका एक होटलमा खाना खाएका थिए भने उनले वडा नम्बर ४ स्थित होटलमा खाजा खाएका थिए । उनीमा कोराना पुष्टि भएपछि फेसबुकमा दुई दिन अघि लेखोका छन्–‘ बिगत ७ दिन देखि मेरो सम्पर्कमा रहनुहुने सम्पूर्ण व्यक्ति सुरक्षित हुनुहोला । मेरो अयचयलब रिपोर्ट उयकष्तष्खभ देखिएको छ । म अहिले कुशल छु ।’

कोरोना पुष्टि भएपछि अहिले उनी होम आइसोलेसनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि प्रशासनले यसैबीच ग्लोबल आएमई बैंकको हेटौडा शाखाका एकजना कर्मचारीमा कोरोना पुष्टि भएपछि सिल गरेको थियो ।   
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०