Wednesday, 17th June, 2026
वि.स.

मेयर दम्पतीमा कोरोना, किष्ट अस्पतालमा उपचार हुँदै

kist_hospita-1600165683.jpg

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएपछि उनको ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । मेयर श्रेष्ठको श्रीमतीमा समेत कोरोना पुष्टि भएको भन्दै अस्पतालले दुबै जनाको उपचार सुरु भएको जानकारी दिएको छ । 

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले हाइ फिभरको कन्डिसनमा मेयर श्रेष्ठ किस्ट अस्पताल आएको र उपचार सुरु गरिएको भन्दै अहिले अवस्था सामान्य रहेको बताए । 
कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो । यस्तै श्रीमतीमा समेत कोरोना पुष्टि भएसँगै श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।