nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मेत्राङको साधारणसभा सम्पन्न, शिकारी सम्मानित 

मकवानपुर टिष्टुङमा रहेको मेत्राङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । टिष्टुङ स्वास्थ्य चौकीका प्रमुख दिलिप रोकामगरको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
साधारण सभा उद्घाटन समारोहमा महिला शक्ती बचत तथा ऋण सहकारी संस्था टिष्टुङकी अध्यक्ष मिना गुरूङ, टिष्टुङ महिला संजालकी अध्यक्ष सुनिता दोङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको अवसरमा टिष्टुङ गाविसबाट पहिलो पटक एसएलसी उतीर्ण गन टिष्टुङ गाविस वडा नम्बर १ खाप्लुङका ज्ञानचन्द्र शिकारीलाई सहकारीले विशेष सम्मान गरेको छ।
संस्थाले साधारणसभाको अवसरमा गरी असल ऋणीतर्फ टिष्टुङ–३, नौखण्डेका माईला गोले, उत्कृष्ट वचतकर्ता तर्फ टिष्टुङ–३, नौखण्डेका सन्चर गोले लगायतलाई सम्मान गरेको छ । त्यस्तै शैक्षिक सत्र २०७२/२०७३ मा कक्षा–८ को जिल्ला स्तरीय परीक्षामा निमावि तहका उत्कृष्ट छात्रा हिरामायाँ गोले र छात्र बुद्धिमान स्याङतानलाई नगद पुरस्कार सहित सहकारीले सम्मान गरेको छ ।