Tuesday, 16th June, 2026
वि.स.

मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण

Barsa-1594167884.jpg

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले २४ असारदेखि नै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाब बढ्दै जाने अनुमान गरेको छ ।

कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, कान्द्रालगायत नदीका केही स–साना सहायक नदीमा भने आकस्मिक बहाब हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण २५ असारदेखि देशभरका नदीको बहाब बढ्ने आकलन गरिएको छ ।

२६ देखि २९ गतेसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र तिनका सहायक नदीमा पानीको बहाब बढ्ने महाशाखाको अनुमान छ । ती नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने भएकाले सचेत हुन विशेषज्ञहरुले सजग गराएका छन् । यस्तै, कर्णाली, पश्चिम राप्ती, बबई र महाकाली नदीमा पनि पानीको सतह सामान्य बढ्ने अनुमान छ ।

महाशाखाका अनुसार २६ असारदेखि नै प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको चुरे–तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने सम्भावना छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०