nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुटु शिविरमा तीन सय बढीले सेवा लिए

हेटौँडामा आयोजित निःशुल्क मुटु परिक्षण शिविरमा तीन सय २७ जनाले परिक्षण गराएका छन् । ईसीजी, ईको सेवा, प्रेसर, सुगर परिक्षणसँगै औषधी निःशुल्क वितरण गरिएको थियो ।

तीन बर्षदेखि ९० बर्षसम्मकाले सेवा लिएको शिविरमा मुटुमा प्वाल भएको दुई, नसा व्लक र हर्ट अट्याक भएको तीन, मुटु सुन्नीएको एक, मुटुको भल्वमा समस्या भएका पाँच जना पाईएको डाक्टर कार्तिकेश ठाकुरले जानकारी दिए । उनका अनुसार समस्यामा देखिएकोमा व्लड प्रेसर(रक्तचाप) प्रायःमा पाइएको थियो ।

कार्यक्रम मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र हेटौँडा अस्पतालले आयोजना गरेको हो । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, रोटरी क्लब अफ मकवानपुर र होटल एशोसिएसन मकवानपुरले समन्वय गरेका थिए ।

कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्रका १० जना स्वाथ्यकर्मीले सेवा दिएका थिए । कार्यक्रममा डाक्टरहरु प्रेमराज बैद्य, कार्तिकेश ठाकुर, सन्देश खैजु, प्रकाश झा, निरज गौतम, गौरव पन्थी लगाएत नर्सहरुले सेवा दिएका थिए ।

कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका सभापती हरिवंश भेटवाल, रोटरी क्लब अफ मकवानपुरका कोषाध्यक्ष रामप्रसाद शर्मा, होटल एशोसिएसन मकवानपुरका अध्यक्ष भागीरथ शर्मा लगाएतको टोलीले कार्यक्रममा स्वयम् सेवा दिएका थिए ।
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।