Tuesday, 1st September, 2026
वि.स.

मुख्यमन्त्री पौडेल कोरोना मुक्त

dormani-paudel-1604210252.jpg

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । कोरोना पुष्टि भएको १० दिनपछि मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् । कात्तिक १५ शनिबार काभ्रेको धुलिखेलमा पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । 

पौडेलको कात्तिक ६ मा हेटौंडा– १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनलाई गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचाररत थिए ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार पौडेल कोरोना मुक्त भएपनि गंगालालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा समस्या नरहेको उनले बताए ।मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको जेठ महिना गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका उनलार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत कात्तिक ७ मा काठमाडौं लगिएको थियो ।

मुख्यमन्त्री पौडेलसँगै पौडेलकी श्रीमती विजया पौडेल, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई पनि कोरोना संक्रमण भएको थियो ।मुख्यमन्त्रीकी श्रीमती पौडेलको पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ नै आएको बताइएको छ । सुरक्षाकर्मी, चालक र कार्यालय सहयोगी भने आइसोलेसनमै छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif