nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुख्यमन्त्री पौडेलले गरे हेटौंडा अस्पतालको निरीक्षण, यस कारण खुशी भए

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल २० मंसिर साँझ हेटौंडा अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षण पश्चात् मुख्यमन्त्री पौडेलले अस्पतालको सेवामा धेरै सुधार भएको भन्दै खुशी व्यक्त गरे । 

 अस्पतालको इमर्जेन्सी वार्ड, प्रसुती वार्ड, ल्याब, एक्स रे वार्डलगायत अस्पतालको भित्रको अवस्था अवलोकन गरेका थिए । त्यसै गरि अस्पतालमा प्रयोगात्मक कक्षाका लागि आएका नर्सिङका बिध्यार्थीसङग अस्पतालका बिषयमा जानकरी लिएका थिए । बिद्यार्थीहरुले काठमाण्डौंका विभिन्न अस्पतालमा काम गरेको बताउँदै उनिहरुले हेटौंडा अस्पतालको सेवा सुबिधा राम्रो रहेको जानकारी दिएका थिए । 

मुख्य मन्त्री पौडेलले निर्माण भइरहेको भवनको अवलोकन गर्दै । फोटोः प्रकाश दाहाल

यसैगरी मुख्य मन्त्री पौडेलले निर्माण भइरहेको भवनको अवलोकन समेत गरेका थिए । दिनको समयमा भन्दा रातको समयमा काम हुँदा अवरोध कम हुने भन्दै रात्री कालिन कामको सुरुवात भएकोमा खुशी व्यक्त गरे । अहिले अस्पतालको भवन निर्माण तीब्र गतिमा भैरहेको छ । प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठानका रुपमा बिकाश गर्ने गरि प्रक्रिया पनि अगाडि लगिरहेको छ ।