nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय नारी दिवसमा यस्तो शभकामना दिए

suvakamana-1520499734.jpg
 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले शुभकामना ब्यक्त गरेका छन् । उनले सामजकि सञ्जाल मार्फतस्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना प्रकट गरेका हुन् ।

उनले भने ःअन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिला माथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो । हिंसा जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो ।

हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो । हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो ।

महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।