Tuesday, 16th June, 2026
वि.स.

मुख्यमन्त्री पौडेलद्धारा होल्डिङ स्टेसनको निरिक्षण

holding-1593160822.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा सञ्चालित होल्डिङ स्टेसन र क्वारेन्टाइनको निरिक्षण गरेका छन्। जिल्ला समन्व्य समिति (जिसस) मकवानपुरले संचालन गरेको होल्डिङ स्टेसन र हेटौंडा–९ वडा कार्यालयले संचालन गरेको क्वारेन्टाई सेन्टरको उनले शुक्रबार बिहान स्थलगत निरिक्षण गरेका छन् ।

जिल्ला समन्व्य समिति मकवानपुरले हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानको भवनमा वैदेशिक रोजगारबाट फर्किएका जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई होल्ड गराउने उदेश्यले होल्डिङ स्टेसन संचालनमा ल्याएको छ । बिशेष गरि रातीमा आउने त्यस्ता नागरिकलाई बढीमा एक रात राख्न्े र खाना, पानी र सुत्न समेत मिल्ने गरि व्यवस्थित रुपमा करीब एक सय जनालाई होल्ड गर्न मिल्ने गरि स्टेसन संचालन गरेको छ । जिल्ला समन्व्य समितिले मकवानपुरका स्थानीय तहहरु एवम् विभिन्न संघ÷संस्थाहरुको सहयोग र सहकार्यमा स्टेसन संचालन गरेको छ । गत जेष्ठ २९ गते वाट संचालनमा आएको स्टेसनमा हाल सम्म करीब एकसय जनाले सेवा लिईसकेका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

त्यस्तै उनले शुक्रबार बिहान हेटौंडा–९ मा वडा कार्यालयले संचालन गरेको क्वारेन्टाईन सेन्टरको समेत निरिक्षण गर्नुभएको थियो । हेटौंडा–९ मा पनि जिससले सम्पुर्ण समग्री सहयोग गरेर वडा कार्यालयले क्वारेन्टाईन संचालन गरेको हो । वडामा क्वारेन्टाईन संचालन हुँदा बाहिरबाट आउने स्थानीयलाई सहजिलो समेत भएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिए।

 होल्डिङ स्टेसन र क्वारेन्टाइनको स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पौडेलले व्यवस्थापन राम्रो रहेको बताए । उनले होल्डिङ स्टेसन संचालनले विदेशबाट आउनेहरुलाई सम्बन्धीत स्थानीय तहले व्यवस्थापन गर्ने समय पनि पाउने र रातीमा आउनेहरुलाई आराम गर्न समेत मिल्ने हुनाले राम्रो रहेको प्रतिकृया दिए । निरिक्षणका क्रममा राष्ट्रियसभा सदस्य राचन्द्र राई, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठलगायतको सहभागिता थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०