Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मिस हिमालयद्वारा बिद्यार्थीलाई सहयोग, ग्राण्ड फिनाली भदौ ६ गते  

ttttttt-1534392877.jpg

मिस हिमालय नेपाल २०१८ र लायन्स क्लब अफ कृयटिभ युथले संयुक्त रुपमा महालक्ष्मी नगरपालिकामा रहेको भानोदय आधारभुत विधालयमा करिव १५० जना बिद्यार्थीहरुको लागि लत्ताकपडा वितरण गर्नुका साथसाथै बिद्यार्थीहरुलाई दिवा खाजा खुवाएको छ । मिस हिमालय नेपाल २०१८ को आयोजक कथा इभेन्टस्कि चियरमेन तथा लायन्स क्लब अफ कृयटिभ युथका संस्थापक अध्यक्ष गनिका गुरुङ, कथा इभेन्टस्का भाईस चियरमेन अनिल बुर्जा मगर मिस हिमालय नेपाल २०१८ का अफिसियल होस्ट अनित बिष्ट र मिस हिमालय नेपाल २०१८ का टप १६ प्रतियोगीहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको छ । 

प्रतियोगिहरुलाई समाजिक क्रियाकलापमा सहभागी हुने प्रेरणा प्रदान होस् साथसाथै समाजप्रतिको उत्तरदायित्व बोध गराउने र आफुपनि लामो समय देखि निरन्तर समाज सेवामा लागिरहेको र कथा इभेन्टस्को तर्फबाट बिद्यार्थीलाई केहि सहयोग प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको कथा इभेन्टस्कि चियरमेन गनिका गुरुङले बताइन् । 

अहिले मिस हिमालय नेपालको २०१८ को उपाधिको लागि टप १६ प्रतियोगिहरु अन्तिम तयारीमा रहेको र मिस ट्यालेन्ट भाद्र १ गते र ग्राण्ड फिनाली भाद्र ६ गते राष्ट्रिय नाच घरमा गर्नको लागि अन्तिम तयारी चलिरहेको कथा इभेन्टस्का भाईस चियरमेन अनिल बुर्जा मगरले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०