Wednesday, 9th September, 2026
वि.स.

मिलन र कमलले तताए दर्शक

दिन ढल्दै थियो, चिसो बढ्दै थियो । बढ्दैको चिसोमा पनि दर्शकहरु तातिदै थिए । तेस्रो थाहा महोत्सव २०७५ को चौंथो दिन मंगलबारको विशेष प्रस्तुतीमा गायक मिलन लामा र कमल खत्रीले दर्शकहरुलाई तताएका हुन् । 
लोकदोहोरीमा जमेका गायक लामा र युवाहरुबीच लोकप्रिय खत्रीले महोत्सवमा आएका ५ हजार बढी दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका हुन् । महोत्सवमा आफ्नो प्रस्तुती दिँदै मिलन लामाले ‘माझी दाई पोखरा फेवा तालमा, घरमा पराल बारीमा बन्सो लगायतका गीत गाएका थिए भने कमल खत्रीले बोल्दैन त्यो तिम्रो तस्वीर, कोरेर प्रेम पत्र, कसम कसम लगायतका युवाहरुलाई उचाल्ने गीत गाएका थिए । 
मंगलबारको प्रस्तुतीमा गायक मुक्तिनाथ उप्रेती र गायिका उमादेवी खनालको विशेष प्रस्तुती रहनुका साथै स्ट्रङ सोउल डान्स क्र्यू, रुप्सेली गाइज, नेप्से कल्चर, आस्था कलाकेन्द्र मनहरी लगायतको दर्शक उचाल्ने नृत्य रहेको थियो  । त्यस्तै, रुपक उप्रेती, विनिता गोपाली, सुशान्त गोपाली, भिषण विष्ट, सुशल थोकर, लगायत थाहाका कलाकारहरुले विभिन्न बोलमा गीत गाएका थिए । 
थाहा नगर उद्योग वाणिज्य संघको आयोजनामा १० कार्तिकदेखि सञ्चालन भइरहेको महोत्सवमा प्रत्येक दिन ख्यातीप्राप्त कलाकारहरुले प्रस्तुती दिइरहेका छन् । सोमबारको प्रस्तुतीमा रमेशराज भट्टराई, रमेश श्रेष्ठ लगायतका कलाकारहरु आएका थिए भने बुधबार प्रस्तुतीका लागि हास्य कलाकारहरु राजु मास्टर, बल्छी ध्रुबे, गायिक सहिमा श्रेष्ठ, नृत्याङ्गना सीता भुषाल लगायत कलाकारहरु आउने आयोजकले बताएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०