Saturday, 20th June, 2026
वि.स.

मिक्चरमा बेरिएर मजदुरको मृत्यु

death-body-1617350816.jpg

 राष्ट्रिय गौरवको बेनी(जोमसोम (कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

करिडोरअन्र्तगत सप्तकोशी जलाधार कन्ट्रक्सनले ठेक्का लिएको घरपझोङ गापा -२ र ३ को मार्फा र स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गापा(४ बस्ने २० वर्षीय लालबहादुर रोक्का (सुन्दर रोक्का)को मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको घटना स्थलमा पुगेर विवरण संकलन गरी पोस्ट मार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०