nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मानव सेवा आश्रमलाई १२ लाख सहयोग

IMG_8024-1477358380.JPG

मानव सेवा आश्रमका लागि गोरखा समाज अष्ट्रेलियाले १२ लाख रुपियाँ सहयोग गरेको छ । आश्रमको गोरखामा शाखा विस्तारको लागि गोरखा समाज अष्ट्रेलियाका अध्यक्ष धुब्र पोखरेलले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई ८ कात्तिकमा सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका सचिव प्रकाश बस्ताकोटी, मानवसेवा आश्रमका प्रमुख संरक्षक डा.गोविन्द टण्डनको पनि विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा मानवसेवा आश्रम अन्य संस्था भन्दा पृथक र अत्यन्त सहयोगापेयक्षी मानवहरुको सेवामा जुटेको र गोरखा मातृभुमी भएकोले पनि मानवसेवा आश्रमको शाखा गोरखामा विस्तार हुन लाग्दा खुशी व्यक्त गर्दै समाजले सहयोग गरेको  अध्यक्ष पोखरेलले बताए । 

मानव सेवा आश्रमले सडकका पेटीहरुमा अत्यन्त बाध्यात्मक रुपमा खुल्ला आकाशमुनी कष्टकर जीवनयापन गर्न बाध्य व्यक्तिहरुको संरक्षण तथा व्यवस्थापन लगायतको सामाजिक क्रियाकलाप संचालन गर्दै आएको छ ।