nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मानन्धर खलःको सामुहिक भोज

मानन्धर खलः मकवानपुरले वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा सामुहिक भोज कार्यक्रम गरिएको छ । आईतबार सातौं वार्षिक साधारण सभाको तयारी गरेको संस्थाले शनिबार भुटनदेवी मन्दिर परिसरमा सामुहिक भोजको आयोजना गरेको हो । 

सामुहिक भोजमा मानन्धर खलःमा आवद्ध ४५ घरपरिवारका सदस्यहरु सहभागी भएर परम्परागत रुपमा नेवारी परिकारहरु खाएका थिए । सामुहिक भोजले परम्परागत भाषा, पहिरन, संस्कार, संस्कृती संरक्षणमा टेवा पुग्ने भन्दै खलःका अध्यक्ष सुनकुमार मानन्धरले  सामाजिक एकता, सद्भाव र समन्वय समेत बृद्धी हुने बताए ।

वि.सं. २०१९ देखि गुठीको रुपमा क्रियाशील खलःले सदस्य परिवारभित्र ब्रतबन्ध, विवाह, मृत्यु संस्कार लगायत कर्मकाण्ड गर्दै आएको छ । बार्षिक रुपमा प्रतिपरिवार पाँच सय रुपैंया लिएर खलःले हरेक बर्ष पुसको पहिलो शनिबार सामुहिक भोज र वार्षिक साधारण सभा गर्दै आएको छ ।

वि.सं. २०६८ मा विधिवत रुपमा दर्ता भएको संस्थाले जेष्ठ नागरिक, संस्थापक सदस्यका श्रीमती र मानन्धर वकिल सुमनकुमारलाई सम्मान गरिसकेको छ । हेटौंडा १ चौकीटोलमा आफ्नै भवनमा कार्यालय सञ्चालन गर्दै आएको खलःले आगामी दिनमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)