nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

माघ १ र ५ गते सार्वजनिक बिदा

प्रदेश २ सरकारले आउँदो माघ १ गते र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न प्रदेश २ सरकारको मन्त्री परिषदको बैठले अगामी माघ १ गते पर्ने मकर संक्रान्ति (माघी) र  मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने ‘बलिदानी’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले कर्मचारीको स्थायी पदपूर्तिको लागि लोक सेवा विधेयक स्वकृत गरेको छ । संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै प्रदेश २ सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनुभयो ।

प्रदेशसभाबाट उक्त विधेयक पारित भएपछि लगतै कर्मचारी भर्ना गर्ने प्रदेश सरकारको तयारी छ ।