nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

माकुराले सिँगै चरा खायो, भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियोसहित)

सामाजिक सञ्जालमा अहिले एउटा अनौठो भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एउटा ठूलो माकुराले एउटा चरालाई खाइरहेको देख्न सकिन्छ ।

भिडियोमा, माकुरो काठको बीममा बसिरहेको छ र चरालाई आफ्नो मुखमा राखेको छ । माकुरो एकदम ठूलो देखिन्छ । माकुरोले चरा खाँदै गरेको यो भिडियो सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेको छ ।

डेली मेलको समाचारकाअनुसार, यो भिडियो सेयर गर्ने रेडडिट प्रयोगकर्ताले यस माकुरोलाई गोल्यत बर्ड इटरको रूपमा वर्णन गरेका छन्, जुन वास्तवमा सही छैन । गोल्यत बर्ड इटर विश्वकै ठूलो माकुरो हो । भिडियोमा देखाइएको माकुरो गुलाबी खुट्टाको ट्रान्कुला रहेको समाचारमा उल्लेख छ ।

उक्त भिडियो सुरुवातमा रेडडिटमा पोस्ट भएको थियो । रेडडिटमा लोकप्रिय भएसँगै उक्त भिडियो ट्विटरमा सेयर गरिएको हो । यो माकुरो दक्षिण अमेरिकामा फेला परेको बताइएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)