Tuesday, 16th June, 2026
वि.स.

माइतीघर क्षेत्रबाट ५ विदेशी नागरिक पक्राउ

birodh-1592029766.jpg

काठमाडौंको माइतीघर मण्डला क्षेत्रबाट ५ विदेशी नागरिक पक्राउ परेका छन् । एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई सरकार विरोधी प्लेकार्डसहित नियन्त्रणमा लिइएको हो । सोही क्षेत्रबाट अरु तीन नेपाली प्रदर्शनकारीलाई पनि नियन्त्रणमा लिइएको छ ।नेपालको संविधान अनुसार विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि प्रकारका आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन पाउँदैनन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०