Monday, 15th June, 2026
वि.स.

महिला पत्रकारलाई क्षमता विकास तालिम

Mahila-1583579527.jpg

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा  प्रदेशमा कार्यरत् पत्रकार महिलाको क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

क्षमता विकास तालिम १९ गतेदेखि सुरु भएको थियो । तालिममा प्रदेशका १३ वटै जिल्लाका ४५ पत्रकार महिलाको सहभागिता थियो । समापन कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले तालिममा सिकेका कुराहरु व्यबहारमा उतार्न आग्रह गरे । पत्रकार महिलालाई अब्बल पत्रकारका रुपमा अगाडि बढ्न उनले सुझाव दिए ।

विभेद र पीडामा परेका समुदायका समाचार लेख्न पनि उनले आग्रह गरे । मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले समाजलाई कता लैजाने भन्ने बाटो पत्रकारकै हातमा हुने हु“दा सकारात्मक समाचार लेख्न अनुरोध गरे ।

पत्रकारको आवश्यकताअनुसार मन्त्रालयले तालिम व्यबस्था गर्ने पनि उनले जानकारी गराए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश अध्यक्ष्ँ प्रताप बिष्ट, महासचिव कृष्ण सारुमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा प्रदेश सरकारका विभिन्न मन्त्रालयबारे सम्बन्धित मन्त्रालयका सचिव र प्रवक्ताले जानकारी गराएका थिए । पत्रकार अखण्ड भण्डारी इन्द्रलक्ष्मी घिमिरे, प्रताप बिष्ट, प्रेस रजिष्ट्रार रेवती सापकोटालगायतले सहजीकरण गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०