Wednesday, 26th August, 2026
वि.स.

महिला दिवसमा अन्तरक्रिया कार्यक्रम

१ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडा १० स्थित नारायणी कलेजमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । एम्नेष्टी ईन्टरनेसनल नेपाल समुह ६७ हेटौंडा र फरेष्ट्री युथ नेटवर्क हेटौंडाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।

गिक समानताका लागि समान सोच र ब्यबहारः समृद्धिको आधार बिषयक अन्तरक्रिया कार्यक्रममा नेपाल मानव अधिकार संगठनका अध्यक्ष कृष्णप्रसाद दाहालको प्रमुख अतिथ्य रहेको थियो । एम्नेष्टी हेटौडाका अध्यक्ष विजयकुमार बैद्य र फरेस्ट्री युथ नेटवर्कका अध्यक्ष साम्राज्य सुबेदीको संयुक्त अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा शिक्षासेवी बद्रीनाथ शर्मा, नारायणी कलेजका प्राचार्य तथा मानव अधिकारकर्मी रघुनाथ खराल, एम्नेस्टी हेटौंडाका पुर्व अध्यक्षहरु हयग्रिव आचार्य, बिजेन्द्र अग्रवाल तथा एम्नेस्टी हेटौडाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको आतिथ्य रहेको थियो ।

फरेष्ट्री क्याम्पसका बिद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा मानव अधिकार संगठन मकवानपुरका सचिव अप्सरा बस्नेतलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा फरेष्ट्री युथका सचिव पुष्पम घिमिरेले सहजिकरण गरेकी थिइन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif