Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

महिला उद्यमी संघ मकवानपुरको गठन

जिल्लाका उद्यमी महिलाहरुको एक भेलाले महिला उद्यमी संघ मकवानपुरको गठन गरेका छन् । महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष एवम् च्याप्टर संयोजक शोभा ज्ञवालीको बिशेष उपस्थितिमा उद्यमी संघको गठन गरिएको हो । महिला उद्यमी महासंघले ३१ औं जिल्ला संघको रुपमा ९ असोजमा हेटौंडामा समिति गठन गरेको छ ।

सरिद्धी श्रेष्ठको अध्यक्षतामा गठन भएको संघको समितिमा ११ सदस्यीय रहेको छ । समितीको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिवमा टासी डोल्मा तुम्बाहाङ्फे, कोाषध्यक्षमा सीतादेवी भेटवाल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कमला श्रेष्ठ(सामरी), रजनी प्रजापती, कमला श्रेष्ठ(हेटौंडा), अंकिता सुमार्गी, माला श्रेष्ठ, मेनका श्रेष्ठ रहेका छन् ।
महासंघकी उपाध्यक्ष ज्ञवालीले महिला उद्यमीहरुको दायरा, पहुँच र क्षमता बृद्धी गर्न महासंघले जिल्ला शाखा विस्तारलाई जोड दिएको बताईन् । ‘महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायको बृहत रुपमा बिस्तार, विकास र संरक्षण गर्न महासंघले भुमिका खेल्दै आएको छ,’ उनले भनिन्, ‘देशैभर रहेका महिला उद्यमीको क्षमता विकास गर्दै उनीहरुको पक्षमा वकालत गर्न महासंघले आगामी दिनमा अझ बढी सशक्त भुमिका खेल्नेछ ।’

कार्यक्रममा महिला उद्यमी महासंघकी सदस्य बसन्ती प्रधान, लक्ष्मी खनाल, परियोजना व्यबस्थापक कोपिला डंगोल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेलगायतले महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच बृद्धी गर्दै देशकै आर्थिक अबस्थामा सुधार ल्याउन महिला उद्यमीको संख्या बढाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबिच, देशैभर सञ्जाल गठनमा क्रियाशिल महिला उद्यमी महासंघले बुधबार पर्साको विरगञ्जमा महिला उद्यमी संघ गठन गर्ने जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०